News

धादिङमा करेन्ट लागेर सुकदेवको मृत्यु

काठमाडौ, असार ९- दक्षिणी धादिङको बेनिघाटरोराङस्थित एक घरमा काठको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वडा नं २ जोगीडाँडाका दिलबहादुर तामाङका घरमा काठको काम गर्ने क्रममा करेन्ट लाग्दा गजुरी गाउँपालिका वडा नं २ हेपाङका ५५ वर्षीय सुकदेव खुलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।तामाङको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको छ ।

Related Articles

Back to top button
Close