News

अनियन्त्रित भई कार रुखमा ठोकिँदा दुई जनाको मृत्यु

काठमाडौ, असार ९ -बाँकेमा कारदुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगर (१२ का ४१ वर्षीय कारचालक कमलराज लम्साल र नवलपरासी कावासोतीका २२ वर्षीय क्षितिज कुमार कुँवर रहेका छन् ।

बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भई रुखमा ठोकिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जङ्गलस्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको कार दुर्घटना भएको हो । दुर्घटना भएको दुबै जनाको उपचारका क्रममा डिकल कलेज कोहलपुरमा मृत्यु भएको जनाइएको छ ।

Related Articles

Back to top button
Close