News

‘भारत’ को गीतमा सलमान खान र दिशाको रोमान्स

मुम्बई- सलमानको प्रतीक्षित फिल्म ‘भारत’ को गीत सार्वजनिक गरिएको छ । सलमान खान फेरि एकपटक ईदको मौका पारेर दर्शकमाझ आउँदैछन् ।

केही दिनअघि मात्र ट्रेलर सार्वजनिक गरिएको यो फिल्मले ‘स्लो मोसन’ बोलको गीत सार्वजनिक गरेको हो । भिडियोमा सलमान खान र दिशा पटानीको रोमान्सलाई देख्न सकिन्छ । यी दुवै भिडियोमा रोमान्टिक देखिएका छन् ।

फिल्मले नेपाली दर्शकमाझ पनि राम्रो क्रेज बनाइरहेको छ । नेपालमा पनि सलमान खानका फ्यान उत्तिकै छन् ।

Related Articles

Back to top button
Close