News

बुधबार बिहानै थपिए ३२ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १० हजार १ सय ३१ पुग्यो

१० असार, काठमाडौंः बुधबार बिहानै नेपालमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । बिहानै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सुचना अनुसार गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको हो ।

सुचनाका अनुसार थपिएका संक्रमितहरुमा लमजुङका ५ जना, स्याङ्जाका ७ जना, कास्कीका ५ जना, बाग्लुङका ९ जना, नवलपरासी पुर्वका ३ जना, तनहुँका १ जना र पर्वतका १ जना रहेका छन् । थपिएका संक्रमितलाई उनीहरुकै जिल्लाको आइसोलेसनमा राखिने तयारी भईरहेको सुचनामा जनाईएको छ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १० हजार १ सय ३१ पुगेको छ । त्यस्तै, गण्डकी प्रदेशमा कुल ७ सय २९ जना कोरोना संक्रमित पुगेका छन् ।
हालसम्मको मृत्यु हेर्दा नेपालमा कुल २४ जनाको मृत्यु भएको छ ।

Related Articles

Back to top button
Close