News

कुवेतबाट आएर क्वारेन्टाइन बसेका झापाका ७ महिलामा कोरोना संक्रमणको पुष्टि

झापा-कुवेतबाट फर्किएका झापाका ७ महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँका अनुसार एकसाता अघि कुवेतबाट काठमाडौँ हुँदै झापा आएर क्वारेन्टाइन बसेका मेचीनगर नगरपालिकाका २, बुद्धशान्ति गाउँपालिकाका ३ र हल्दिबारी गाउँपालिका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोशी अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै कुवेतबाटै मेचीनगर नगरपालिकाकी १ महिलामा पनि कोरोना पुष्टि भएको छ ।

अहिलेसम्म झापामा कोरोना संक्रमितको संख्या २ सय ५ पुगेको छ । जिल्लामा १ सय ३५ जना कोराना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Related Articles

Back to top button
Close