News
पाकिस्तानी सेनाको गोलीबाट कश्मिरमा गोर्खा सैनिकको मृत्यु
काठमाडौँ । कश्मीरमा भारतीय सीमा रक्षामा खटिएका गोर्खा सैनिकको मृत्यु भएको छ । सीमा रक्षामा खटिएकै बेला सोमबार बिहान पाकिस्तानी सेनाबाट भएको गोलीबारीमा भारतीय सेनामा कायरत गुल्मीका दीपक कार्कीको मृत्यु भएको भारतीय मिडियाले जनाएको छ ।
जम्मु र कश्मिरमा भारतीय र पाकिस्तानी सेनाबीच भएको गोलाबारीमा परी गम्भीर घाइते भएका कार्कीको उपचारकाक्रममा मृत्यु भएको हो ।
जम्मु–कश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा तैनाथ कार्की ड्युटीमै रहेको समयमा गोलाबारीमा परेका थिए ।
१८ वर्षअघि भारतीय सेनामा भर्ती भएका कार्कीका श्रीमती, ५ वर्षीय छोरा, ११ र ९ वर्षका दुई छोरीसहित आफन्त गोरखपुर पुगेका छन् । २०७४ सालमा आमा गुमाएका कार्कीका ९० वर्षीय वृद्ध बुवा शालिकरामले उनैलाई कुरिरहेका थिए तर छोरा फर्किने सपना अब अधुरो हुन पुगेको छ ।