News

अर्घाखाँचीमा कोरोना जितेर ४८ जना खुशी हुँदै घर फर्किए

अर्घाखाँची -अर्घाखाँचीमा ४८ जनाले कोरोना जितेर घर फर्केका छन् । जिल्लाका आइसोलेशनमा बसेका ४८ जनाको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेमा सन्धिखर्क नगरपालिकामा रहेको रविचित्र युवावर्षा मावि हटारीमा रहेको आइसोलेशनबाट ३५ जना, शितगंगा नगरपालिकामा रहेको ज्योती माविको आइसुलेसनमा रहेका १३ जना गरि ४८ जना रहेका छन् ।

उनीहरुलाई केही हप्ता होम क्वारेन्टिनमा बस्न सुझाव दिदै डिस्चार्ज गरिएको हो । अर्घाखाँचीमा दुई सय ५० जना कोरोना संक्रमित रहेका छन् ।

Related Articles

Back to top button
Close