News

देशमा जनतालाई कोरोनाको डर, राष्ट्रपतिलाई भने रात्रिभोजको आयोजना गर्ने अवसर

१० असार, काठमाडौंः नेपालभरका रसुवा बाहेक सबै जिल्लामा पुगिसकेको छ कोरोना भाइरस । सबै तिर मानिस डराएका छन् । तर, देशकै जिम्मेवार राष्ट्रपति विद्यादेवि भण्डारी भने यस्तो बेलामा रात्रिीभोजाको आयोजना गर्दै छिन् ।

प्रधानमन्त्री सहित विभिन्न उच्च पदस्थ व्यक्तिहरुलाई बोलाएर आज राती राष्ट्रपति विद्यादेवि भण्डारीले शितलनिबासमा रात्रीभोजको आयोजना गरेकी छिन् । प्रधानमन्त्री केपी ओलि, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नीप्रसाद सापकोटा लगायतलाई बोलाएर राष्ट्रपति भण्डारीले आज साँझ भोजको आयोजना गरेकी हुन् ।

त्यस्तै, राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार भोजमा पुष्पकमल दहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतसँगै अन्य विभिन्न दलका नेता तथा संवैधानिक निकायमा रहेका व्यक्तिहरुलाई बोलाईएको छ ।

Related Articles

Back to top button
Close