News

चैत १० देखि केही समयका लागि लामो दूरीका यातायात बन्द

कठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सम्यमता अपनाउन आग्रह गरेका छन् ।देशबासीका नाममा विषेश सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफ्नो आनीवानी परिवर्तन गर्न आह्वान गरेका हुन् ।उनले भने,‘ हामीसँग त्यसबाहेक अरु विकल्प छैन । सरसफाईमा उचित ध्यान दिनुस् । हात धुने, सकेसम्म घरमा बस्नुस् । अत्यावश्यक बस्तु सञ्चय नगर्नुस् ।’

उनले भने,‘नेपालमा कोरोना भाइरसको जोखिम देखिएको छैन ।’नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।प्रधानमन्त्री ओलीले देशमा संक्रमण फैलिन नदिने, क्वारेन्टाइनको व्यवस्था मिलाउने, शुरुको अबस्थाबाट विषेश तयारी गरेको समेत जानकारी दिए ।

उनले यस अवधिमा ५ वटा तयारी बैठक भइसकेको जानकारी दिए ।प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर एकिकृत रुपमा काम गर्दै आएको छ । हामीले केही समयका लागि आफ्नो आनीवानी व्यवहार सुधार गर्नुपर्ने देखिएको छ ।’चैत १० गतेदेखि केही समयका लागि सम्म दूरीका यातायात बन्द गरिने जनाएका छन् ।

Related Articles

Back to top button
Close