News

जिबुले माछा बेचेर ल्याएको १ लाख १ हजार नगद लुटपाट, रकम लुटि कुटेर भागे लुटेरा

सप्तरी, १० असार-राजगढ गाउँपालिका(४ बस्ने जिबु यादवको माछा बिक्री गरी साथमा बोकेर ल्याएको नगद १ लाख १ हजार रुपैयाँ मंगलबार राति लुटपाट भएको छ ।

स.१ च १७१० नम्बरको पिकअप गाडीमा घरतर्फ आउने क्रममा उनलाई सिरहा डाकनेश्वरी नगरपालिका-९ पत्थरगाढास्थित सडकबाट सोही ठाउँ बस्नेहरु सूर्य नारायण साह र देवु साह समेत गरी करिब ३ र ४ जना मिलेर उक्त भेनलाई रोकी यादवलाई कुटपिट गरी घाइते बनाई उक्त रकम लुटपाट गरेको बताइएको छ । लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छतबाट लडेर मृत्यु- कपिलवस्तु यशोधरा गाउँपालिका-६ रंगपुरस्थित रोपाई गर्न आएका भारत कुसिनगर थानाखडा ग्राम महादेव विशेषश्वरपुर बस्ने ६० वर्षीय झुलन मुसहरको छतबाट लडेर मंगलबार राति मृत्यु भएको छ । सोही ठाउँ बस्ने कृष्ण यादवको एक तल्ले घरको छतमा सुतिरहेको अवस्थामा अचानक छतबाट खसेर उनको मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button
Close