News

कैलालीमा ५ वर्षिया बालिका सहित ५७ जनामा कोरोना संक्रमण

१० असार, काठमाडौंः कैलालीमा ५ वर्षिया बालिका सहित ५७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । धनगढीमा रहेको प्रयोगशालामा भएको परिक्षणमा थप संक्रमणको पुष्टि भएको हो ।

संक्रमणको पुष्टि हुनेहरुमा १० जना महिला र ४७ जना पुरुष रहेका छन् । सेती अस्पतालका अनुसार संक्रमित हुनेमा लम्कीका ६ महिला र १९ पुरुष रहेका छन् । त्यस्तै गोदावरी नगरपालिकाका ५ वर्षिया बालिका सहित ४ महिला र २८ पुरुष छन् ।

Related Articles

Back to top button
Close