News

नेपालको इतिहासकै महंगो भयो सुन, हेर्नुहोस कति भयो मुल्य?

१० असार, काठमाडौंः सुनको भाउ बढेर ९१ हजार १ सयपुगेको छ । अहिले सुन खरिद गर्दा प्रतितोला ९१ हजार १ सय रुपैंया तिनुपर्नेछ । बुधबार कायम भएको यो भाउ आजसम्मकै सबैभन्दा महंगो भाउ हो ।

मंगलबारसम्म सुनको भाउ ९० हजार ६ सय रुपैंया रहेको थियो । बुधबार भने ५ सयले बढेर भाउ ९१ हजार १ सय पुगेको हो । नेपालको इतिहासमा कहिल्यै पनि सुनको भाउ यति महंगो भएको थिएन् । अन्तराष्ट्रिय बजारमा असर परेसँगै नेपालमा सुनको भाउ बढेको व्यवसायीहरुले बताएका छन् ।

त्यस्तै, चादीको मुल्य भने प्रतितोला ९ सय रुपैंया रहेको छ । हिजोको तुलनामा चादिको मूल्य पनि ५ रुपैयाँले बढेको हो ।

Related Articles

Back to top button
Close