NewsSport

नेपाली खेलाडी सन्दिप लामिछानेको मूल्य एक करोड

१० असार, काठमाडौंः नेपाली क्रिकेटर खेलाडी सन्दिप लामिछानेको मूल्य एक करोड पुगेको छ । सिजन क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा आज बुधबार हुन लागेको छोटको ड्राफ्टमा सन्दिप लामिछानेको मूल्य एक करोड रहेको छ ।

नेपालका युवा क्रिकेटर खेलाडी लेगस्पिनर सन्दिपको लागि ड्राफ्टमा ९० हजार अमेरिकी डलर अर्थात १ करोड ८ लाख ५७ हजार रुपैया तोकिएको छ । सिपियलको छनोट ड्राफ्टमा नाम लेखेएका खेलाडी मध्ये सन्दिप सबैभन्दा महंगोमा चौथो खेलाडी हुन् । विभिन्न २३ देशका ५ सय ३७ जना खेलाडीको नाम ड्राफ्टमा तोकिएको छ ।

सन्दिपले अघिल्लो सिजनको सिपिएल बर्बाडसबाट खेलेका थिए।

Related Articles

Back to top button
Close