News

घरमै कोरोना देखिएपछि हामी निकै डरायौं : जान्हवी कपुर

काठमाडौं-बलिउड निर्माता बोनी कपुरकी छोरी जान्हवी कपुरले आफ्नै घरमा काम गर्ने व्यक्तिमा कोरोना देखिएपछि निकै डराएको बताएकी छिन् ।

केही हप्ता पहिला बोनी कपुरको घरमा काम गर्ने एक व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको थियो । भारतिय मिडियाका अनुसार अभिनेत्री जान्हवी कपुरले घरमा काम गर्ने व्यक्तिमा नै कोरोना देखिएपछि परिवारका सबै सदस्य डराएको बताइन् ।

उनलाई कोरोनाको पुष्टि भएपछि कपुरका दुई छोरी जान्हवी कपुर र खुसी कपुर क्वारेन्टाइनमा बसेका समाचार सार्वजनिक भएका थिए । भारतीय मिडियासँग कुराकानी गर्दै जान्हवीले भनिन्–‘हामी सबै लकडाउनको समयमा घरमा परिवार रमाइलो गरेर बसेका थियौ एक्कासी यस्तो खबर सुन्दा निकै डरायौ र आत्तियौ ।

Related Articles

Back to top button
Close