News

कांग्रेस सभापति देउवाले भने, ‘विदेशी महिलालाई नागरिकता दिन हुने, पुरुषलाई नहुने?’

१० असार, काठमाडौंः नेपाली महिलासँग विवाह गर्ने पुरुषलाई पनि नगरिकताको व्यवस्था गर्नुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् । सरकारले नागरिकता दिँदा नेपाली महिला र पुरुषबिचमा विभेद गर्न नहुने भएकाले नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई जस्तै नेपाली महिलासँग विवाह गर्ने पुरुषलाई पनि नागरिकता दिनुपर्ने देउवाले माग राखेका छन् ।

कांग्रेस सभापति देउवाले आफ्नो सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् । ‘नेपाली पुरुषसँग विवाह गर्ने महिलाले चाहिँ नागरिकता पाउने? तर, पुरुषले नपाउने?’, देउवाले लेखेका छन्,, ‘महिला र पुरुषमा यसरी सरकारले विभेदको सिर्जना गर्नु कदापी पनि उचित छैन् ।’
उनले महिला र पुरुषको विचमा विभेद गरिनु नहुने बताएका छन् ।

महिलालाई दोसो दर्जाको नागरिक बनाउने गरि ल्याईएको नागरिकता सम्बन्धि प्रावधानलाई थप संशोधन गर्न आवश्यक रहेको उनले बताएका छन् । उनी लेख्छन, ‘महिला र पुरुष बिचमा विभेद नहुने गरि नागरिकता सम्बन्धि प्रावधानको निर्माण हुनुपर्छ । समानताको अवधाराणा र मर्म अनुरुप नागरिकता विधेयक अधि बढाउन म सत्तरुढ नेकपासँग माग गर्दछु ।’

Related Articles

Back to top button
Close