News

प्रियंका चोपडाका पिताका लागि निक जोनसको भावुक सन्देश

काठमाडौ, असार १० -२०१९ २ डिसेम्बरमा जोधपुरको उम्मेद भवनमा आफु भन्दा १० बर्ष कान्छा प्रेमि अमेरिकी गायक जोनससँग विवाह गरेकी बलिउड अभिनेत्री प्रियंका चोपडा अहिलेकी सर्बाधिक कमाउने नायिकाको सुचिमा पहिलो नम्बरमा परेकी छिन् । दर्जनौ चलचित्रमा अभिनय गेरेर फिल्म क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएकी उनि केहि दिन पहिला होम क्वारेन्टिनमा बसेर भिडियो र तस्विर सार्वजनिक गरेकी थिइन् । कोरोनाबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन आग्रह गरेकी थिइन् ।

हालै उनका श्रीमान् निक जोनसले सामाजिमक संजालमा भावुक स्टाटस पोष्ट गरेका छन् । उनले आफ्ना बुबा र प्रियंकाका बुबाको तस्विर शेयर गर्दे यो स्टाटस शेयर गरेका हुन् । जुन स्टाटस भाइरल भए तगत्तै चर्चा समेत पाएको छ । उनले तस्विर शेयर गर्दे स्टाटसमा ‘यहाँ भएका सबै पितालाई ह्यापी फादर्स डे ।

मेरा पिता मेरा लागि सधैं हिरो हुन् र भविष्यमा पनि रहनेछन् । पापा जोनस लभ यू एण्ड मिस यू ।’ भन्दै स्टाटसमा माया पोखेका छन् । उनले अर्को स्टाटसमा अभिनेत्री प्रियंका चोपडाका पिता अशोक चोपडालाई पनि यो स्टाटस लेखेका छन् । उनले, काश मैले तपाईंलाई भेट्ने मौका पाएको भए । तपाईंले उत्कृष्ट छोरी हुर्काउनु भएको छु र म धन्य छु भन्दै यो स्टाटस लेखेका छन् ।

Related Articles

Back to top button
Close