News

एमसिसी अनुमोदनको मिति घर्किनै लाग्दा अमेरिकी विदेश मन्त्रीको नेपाली समकक्षीसँग टेलिफोन वार्ता

काठमाडौं–अमेरिकी साहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) अनुमोदनको समय घर्किदै जाँदा अमेरिकी विदेश मन्त्री माइक पम्पिओले नेपाली समकक्षीसँग टेलिफोन वार्ता गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार बुधाबार साँझतिर अमेरिकी विदेश मन्त्री पम्पिओ र नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीबीच टेलिफोन कुराकानी भएको हो।

फाइल तस्बिर
कुराकानीका क्रममा कोभिड–१९ विरुद्धको लडाइबारे अनुभव आदान–प्रदान र दुई देशबीच विकास साझेदारीबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ।

एमसिसी अनुमोदन गर्ने समय घर्किनै लाग्दा पम्पिओको टेलिफोन वार्तालालाई महत्वपूर्ण रुपमा हेरिएको छ।

एमसिसी संसदबाट जुन ३० भित्रै अनुमोदन गरिसक्नुपर्छ।

MOFA of Nepal ??

@MofaNepal
Foreign Minister [email protected] and US Secretary of State [email protected] had telephone conversation this afternoon and shared experiences of the fight against COVID-19, appreciated protection and care provided to each other’s nationals. @bairagi_shanker @NirmalRajKafle

54
7:41 PM – Jun 24, 2020
Twitter Ads info and privacy
22 people are talking about this

तर, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र यसलाई लिएर देखिएको मतभेदका कारण यो समयमै अनुमोदन नहुने देखिएको छ।

नेकपामा एमसिसीको विषय पेचिलो बनिरहेको छ। एक वर्षदेखि यही विषयमा पार्टीभित्र बहस भइरहेको भएता पनि कुनै निष्कर्ष निस्किएको छैन्।

अध्यक्ष केपी शर्मा ओली र उनी पक्षका नेताहरु एमसिसी सम्झौता संसदबाट पारित गर्नुपर्ने पक्षमा छन्।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधव नेपाल पक्षका नेताहरु भने संशोधन नगरी एमसिसी सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन्।

Related Articles

Back to top button
Close