News

अमेरिकी डलरको भाउले बनायो नयाँ रेकर्ड, कुन देशको कति ?

काठमाडौँ । आज (शनिबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर ह्वात्तै बढेको छ।आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा तोकेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। कोरोना भाइरसको प्रभावले नेपाली रुपैयाँका कमजोर देखिन थालेहो हो।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२८ रुपैयाँ ५९ पैसा छ भने बिक्रीदर मूल्य १२९ रुपैयाँ २३ पैसा छ।त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४१ रुपैयाँ ७ पैसा छ भने बिक्रीदर मूल्य १४१ रुपैयाँ ६८ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

Related Articles

Back to top button
Close