News

आजबाट चलचित्र ‘छक्का पन्जा–३’ र ‘छ माया छपक्कै’ एपमार्फत हेर्न पाइने

काठमाडौ, असार १० -बक्स अफिसमा सफल चलचित्र छक्का पन्जा ३ र छ माया छपक्कै अब एपमार्फत हेर्न पाइने भएको छ । चर्चित हास्यकलाकार र दीपक राज गिरीको चलचित्र छक्का पन्जा ३ र छ माया छपक्कै अब एपमार्फत हेर्न पाइने भएको हो । उक्त चलचित्रहरु आज सार्वजनिक हुने भएको छ ।

चलचित्र ‘छक्का पन्जा ३’ र ‘छ माया छपक्कै’ स्वदेश तथा विदेशका दर्शकको गुनासोलाइ ध्यानमा राख्दै टिभी एप मार्फत सार्वजनिक गरिने दीपक राज गिरीले बताएका छन् । चलचित्र टिभी एप’ आजबाटै सञ्चालनमा ल्याइने जनाइएको छ । र यसबाट तोकिएको रकम तिरेर चलचित्र हेर्न पाइनेछ ।

Related Articles

Back to top button
Close