News

कोरोनाविहीन जिल्ला बन्दै रसुवा

रसुवा,असार ११ । बाग्मती प्रदेशको एकमात्र रसुवा जिल्लाका हालसम्म कोरोना सङ्क्रमित भेटिएका छैनन् ।जिल्लाका पाँचवटै गाउँपालिकामा ३६० बेड क्षमताको क्वारेन्टाइन तथा कालीका गाउँपालिकाको जिवजिवे ग्रामीण अस्पताल र गोसाइकुण्ड गाउँपालिकाको धुन्चेमा गरी ३५ बेडको आइसोलेसन कक्ष रहेको छ ।

स्वास्थ्य कार्यालय प्रमुख किरण श्रेष्ठका अनुसार हालसम्म आरडीटी परीक्षण ४१४ जनाको भएको छ । अहिले क्वारेन्टाइनमा ४३ जना रहेका छन् । ४९ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएकोमा ३२ जनाको परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।

१७ जनाको परीक्षणका लागि पठाएको प्रमुख श्रेष्ठले बताए ।आजको गोराखापत्र दैनिकमा खवर छ ।भारत तथा तेस्रो मुलुकबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टाइन राख्ने स्थानीय तहसँग समन्वय भएको प्रमुख जिल्ला अधिकारी हरि पन्तले बताएको

Related Articles

Back to top button
Close