News

सुत्केरी पोषण प्रोत्साहनमा ४० लाखको बजेट प्रस्तुत

लमही -तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि रु दुई अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले नगरसभाको पाँचौँ अधिवेसनमामा पूँजीगततर्फ नगर, वडास्तरीय पूर्वाधार विकास र अन्य सशर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि रु एक अर्ब ६८ करोड ४७ लाख र चालुतर्फ रु ६६ करोड २० लाख ६४ हजारको बजेट प्रस्तुत गर्नुभएको हो । बजेट पूँजीगतर्फ ७२ र चालुतर्फ २८ प्रतिशत छ ।

बजेटमा स्वास्थ्य, कृषि र शिक्षालाई प्राथमिकता दिइएको छ । स्वास्थ्य जनशक्ति व्यवस्थापन, अत्यावश्यक उपकरण खरीद, नसर्ने रोगसम्बन्धी कार्यक्रम सञ्चालन र स्मार्ट ल्याब सञ्चालन गर्न रु दुई करोड, तुलसीपुर–८ मा रहेको भीमसेन नगर शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई २५ शय्याको तुलसीपुर मेट्रो अस्पतालका रुपमा विकास र विशेषज्ञसहितको सेवाको शुरुआत गर्नका लागि रु एक करोड, आमा तथा नवजात शिशुको सुरक्षाका लागि प्रदान गरिँदै आएको मातृशिशु सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरी पोषण प्रोत्साहनमा रु ४० लाख विनियोजन गरिएको छ । (रासस)

Related Articles

Back to top button
Close