News

आज देशका यि यि स्थानमा भारी वर्षाको सम्भाबना

काठमाडौं- आज देशका केही स्थानमा वर्षा हुने सम्भाबना रहेको छ । जल तथा मौसम पुर्वानुमानका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ। आज दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार अहिले प्रदेश १,२,५,सुदूर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केहि स्थानहरुमा बर्षा भइरहेको छ। यस्तै, प्रदेश १, २, ६, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । राती पनि ति देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भाबना रहेको महाशाखाले जनाएको छ ।

Related Articles

Back to top button
Close