News

कोरोना संक्रमितमध्ये ४ प्रतिशतको मात्रै मृत्यु, चीनमा ८८ प्रतिशतभन्दा बढी निको भए

एजेन्सी, ८ चैत । विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरस (कोभिड १९०)ले अहिले विश्वलाई नै त्रसित बनाएको छ । विश्वभर महामारीका रुपमा फैलिँदै गएको काेराेनाकाे संक्रमण सबैभन्दा बढी युरोपमा परेको देखिन्छ ।काेराेनाकाे उद्गम स्थल चीन भएतापनि युरोपका इटाली, स्पेन, बेलायत, स्वीट्जरल्यान्ड लगायतका मुलुकहरुमा कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभाव परेको छ । इटालीको अवस्था त अहिले विश्वकै सबैभन्दा भयावह भएको छ ।

कतिलाई त काेराेना लागेपछि मरिहालिन्छ भन्ने पनि लागेकाे हुन सक्छ, तर त्यस्ताे भने हुँदैन । कोरोना सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार कोरोना लागेकाहरुमध्ये ४.१३ प्रतिशतको मात्रै मृत्यु भएको छ ।अहिलेसम्म विश्वभर २ लाख ७५ हजार ९३२ मा कोरोनाको संक्रमण भएको छ । तीमध्ये ११ हजार ३९८ जनाको मृत्यु भएको छ । ९१ हजार ९१२ अर्थात् ३३. ३० प्रतिशत पूर्ण रुपमा निको भएर घर फर्किएका छन् ।

काेराेनाकाे सबैभन्दा बढी संक्रमण र निकाे भएकाे देश चीन हाे । चीनमा ८८. ५५ प्रतिशत उपचारपछि घर फर्किएका छन् । चीनमा अहिलेसम्म ८१ हजार ८ जनामा काेराेना देखिएकाे छ । त्यसमध्ये ७१ हजार ७४० जना अर्थात् ८८. ५५ प्रतिशत पूर्ण रूपमा निकाे भएका छन् । अहिले चीनमा ६ हजार १३ जनामा मात्रै काेराेनाकाे संक्रमण रहेकाे छ । तीमध्ये १ हजार ९२७ जना गम्भीर अवस्थामा छन् ।

काेराेना भाइरसबाट सबैभन्दा बढी मृत्यु हुने देश इटाली हाे । इटालीमा अहिलेसम्म ४ हजार ३२ जना (८.५७ प्रतिशत) काे मृत्यु भएकाे छ । इटालीमा ५ हजार १२९ जना (१०.९० प्रतिशत) पूर्ण रूपमा निकाे भएका छन् । अहिले इटालीमा संक्रमिण हुनेकाे संख्या ४७ हजार २१ पुगेकाे छ ।त्यस्तै स्पेनमा काेराेना लागेकामध्ये ५. ०६ प्रतिशकाे मृत्यु भएकाे छ भने ७.३६ प्रतिशत पूर्ण रूपमा निकाे भएर घर फर्किएका छन् । अहिलेसम्म स्पेनमा संक्रमित हुनेकाे संख्या २१ हजार ५७१ पुगेकाे छ ।

काेराेना लागेकाेमध्ये जर्मनीमा ०.३४ प्रतिशत, ७.२९ प्रतिशत, अमेरिकामा १.३३ प्रतिशत, फ्रान्समा ३. ५६ प्रतिशत, १.१५ प्रतिशत र बेलायतमा ४.४४ प्रतिशकाे मात्रै मृत्यु भएकाे वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ ।नेपालमा अहिलेसम्म काेराेना भित्रिएकाे नभए पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिमको देशमा राखेको छ । कोरोनाबाट बच्चको लागि सबैभन्दा पहिला सर्तकता अपनाउनु पर्ने हुन्छ ।

Related Articles

Back to top button
Close