News

लकडाउनमा खेतमा काम गर्दै अभिनेता नवाजुद्दीन सिद्दीकी

एजेन्सी-लकडानका कारण यतिबेला बलिउडका कयौ कलाकार घर मानै समय बिताइ रहेका छन् । कति पए नायिकाहरले खाना पकाउदै गरेका तस्विर सामाजिक संजालमा शेयर गर्दे स्टाटस लेखेका छन् ।

कसैले कोरेनाबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन आग्रह गर्दै तस्विर शेयर गर्दै आएका छन् । त्यस्तै बलिउडका अर्को कलाकार भने खेतीपातिमा निकै ब्यस्थ रहेका छन् । अभिनेता नवाजुद्दीन सिद्दीकी लकडाउनको सदुपयो गर्दै खेतमा काम गर्दै गरेका तस्विर भिडियो शेयर गरेका थिए ।

उनि सडकमार्गबाट उत्तर प्रदेशस्थित बुढाना गाउँ आएका थिए। आफुलाई ब्यस्थ राख्नको लागि उनले खेतमा काम गरेको बताएका छन् । उनले किसानले जस्तै सिम्पल कपडा लगाएर काम गरेका तस्विर सार्वजनिक गरे लगत्तै धेरैले हेरीसकेका छन् । उनले भिडियो शेयर गर्दै क्याप्सनमा आजको काम सकियो भनेर लेखेका छन्।

Related Articles

Back to top button
Close