News

विदेशबाट फर्किएका नेपालीलाई हमालको अपिल–पर्दैन जान यहाँ त्यहाँ

नायक राजेश हमालले आफ्नो मनको भावना र विचार अहिले सामाजिक संजालमा भिडियोमार्फत व्यक्त गरिरहेका छन् ।

नेपाल सरकारले नेपालको नयाँ नक्शा जारी गरिसकेपछि होस् या लक डाउनको बिषयमा नै किन नहोस्, हमालले भिडियोमार्फत नै आफ्नो भनाई राखे ।

उनै, हमालले कोरोना भाइरसका कारण विदेशबाट नेपाल फर्किरहेका नेपालीहरुलाई कवितामार्फत स्वागत गरेका छन् ।

भिडियो सार्वजनिक गर्दै हमालले भनेका छन्–‘हरेक दिन हजारौ हजार हाम्रा नेपाली दाजुभाई दिदीबहिनीहरु आफ्नो घर फर्किदैछन् । आउनुहोस्, उहाँहरुलाई न्यानो स्वागत गरौ ।’

हमालले कवितामा भनेका छन्–‘ उ छोरा कसैको, उ छोरी कसैकी, उ बुबा कसैको, उ आमा कसैको । दाजु, दिदी, श्रीमती पनि । जे हुन् तर होइनन् पराई । जे हुन् आफ्नै त हुन् नी ।’

हमालले कोरोना भाइरसको सन्त्रासपछि विदेशबाट फर्किएका नेपालीहरु किन पराई भए भनेर पनि प्रश्न गरेका छन् ।

उनले, सबै नेपालीहरुलाई नमस्ते गर्दै स्वागत गर्न पनि अपिल गरेका छन् । उनले, विदेशबाट नेपालीलाई घर फर्किन आग्रह समेत गरेका छन् । हमालले अब कतै पनि जान पर्दैन भन्दै नेपालमै केही गर्न विदेशबाट नेपाल फर्किएका र फर्किदै गरेका नेपालीलाई आग्रह गरेका छन् ।

Related Articles

Back to top button
Close