News

भक्तपुरमा कोरोनाबाट थप दुई जनाको मृत्यु

भक्तपुर, २९ भदौ । भक्तपुर जिल्लामा कोेरोना भाइरसबाट दुई जनाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिकाका थप २ जनाको कोरोनाका कारण सोमबार मृत्यु भएको हो ।

मृत्यु हुनेमा मध्यपुर थिमि नगरपालिका ७ का ८१ वर्षीय वृद्धा र सोही नगरपालिकाका ५ का ७७ वर्षका पुरुष रहेका छन् । ८१ वर्षीय पुरुषको ८ दिन अघि पीसीआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उहाँ होम आइसोलेशनमा बसिरहेको अवस्थामै स्वास्थ्यमा थप समस्या देखिए पछि मेघा अस्पाताल लगिएको थियो । उक्त अस्पतालमा भ्यान्टिलटर नभए पछि ग्रान्डी अस्पतालमा रिफर गरिएकोमा थियो । ग्रान्डी अस्पताल पुर्याउने क्रममा बाटो मै मृत्यु भएको नगर प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै पाटन अस्पतालमा उपचार गराईरहेका मध्यपुर थिमि नगरपालिका वडा नं.५ बस्ने ७७ बर्षका पुरुषको पनि मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठका अनुसार वडा नं.५ का पुरुष मुटुको अपरेशन गर्नु अघि पीसीआर परिक्षण गरेको थियो ।
अपरेशन गरे पछि कोरोना परिक्षणमा पोजेटीभ देखिएको र उनकोे कोरोना संक्रमणबाट आज बिहान मृत्यु भएको पनि नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

यो सँगै भक्तपुर जिल्लामा आज सम्ममा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

Related Articles

Back to top button
Close