News

शान्ति स्थापनाका लागि लिविया जान लागेका ३५ सैनिकमा कोरोना पुष्टि, उडान रद्द

काठमाडौं, २९ भदौ । शान्ति स्थापनाका लागि लिविया जान लागेको नेपाली सैनिकको टोलीका सदस्यमा कोरोना पुष्टि भएपछि उडान रोकिएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिविया जान लागेका ११६ मध्ये ३५ सैनिकमा कोरोना भाइरस पुष्टि भएसँगै पुरै उडान रद्द गर्नुपरेको जनसम्पर्क तथा सुचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

उसले एक बिज्ञप्ति जारी गर्दै (यूएनएसएआईएल) मिसनमा तैनाथ केही जवानहरुमा कोरोना पुष्टि भएका कारण बदली गर्नु परेकाले फ्लाईट रद्द भएको जनाएको छ । अब उक्त फ्लाईट आगामी आइतबार राति हुने नेपाली सेनाले जनाएको छ ।

शान्ति स्थापनार्थ आज लिविया जान लागेका नेपाली सेनाका जवानहरु काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम पूरा गरी चार महिनादेखि क्वारेन्टिनमा रहेका थिए । तर उडानअघि गरिएको स्वास्थ्य परीक्षणका क्रममा उनीहरुको कोरोना पोजेटिभ रिपोर्ट आएको हो । यो उडान बैशाख मै हुनुपर्ने भएपनि कोरोना महामारीका कारण राेकिएकाे थियाे

Related Articles

Back to top button
Close