News

काठमाडौँमा भुसको आगो झै सल्कियो कोरोना, आज अहिलेसम्मकै धेरै ६७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । कोरोनाको सबैभन्दा जोखिमले भरीएको शहर काठमाडौँ उपत्यकामा कोरोना संक्रमण भुसको आगो झै सल्किएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौँमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यसैबिच नेपालमा आज १ हजार ६२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ४० हजार ६ सय ३८ जना पुगेको छ ।

नेपालमा आजसम्म सक्रिय संक्रतिमहरुको संख्या १५७७९ रहेको छ । आज देशभर १०हजार ३७५ जनाको पिसिआर गरिएकोमा १४ सय ५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ७६४० जना रहेका छन् । त्यस्तै होमआइसोलेसनमा ७२७५ रहेको छ । नेपालमा कोरोनालाई जित्नेको प्रतिशत ७१ दशमलव ५ प्रतिशत रहेको छ ।

त्यस्तै नेपालमा आज कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ । यसअघि सोमबार हिजो १५ जनाको कोरोनाका कारण ज्यान गएको थियो । यसैगरी आइतबार ९ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

जसमा ३ जना महिला र ६ जना पुरुष थिए । काठकमाडौंकी ६५ वर्षीया २ जना र कास्कीकी ४५ वर्षीया एक महिला थिए । त्यसैगरी ६९, ५९ ,७०, ६४ र ५९ वर्षीय काठमाडौंका पाँच पुरुष तथा सिन्धुपाल्चोकका ५९ वर्षीय एक पुरुष थिए ।

Related Articles

Back to top button
Close