News

पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन

काठमाडौँ, ३१ भदौ । पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ । सिंहको काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे उनको निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार निमोनियाका कारण उनको निधन भएको हो । अनिरुद्र प्रसाद सिंहले २०१३ साल जेठ ८ गते देखि २०१६ साल असोज १५ गते सम्म सर्वोच्च अदालतको प्रधान न्यायाधीशको रुपमा काम गरेका थिए । २०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष पनि भएका थिए । त्यसपछि उनी कानुन, वनलगायतका मन्त्री पनि भएका थिए ।

२०१८ सालमा उनलाई राजा महेन्द्रले नारायणहिटी राजदरबारमा कार्यालय स्थापना गरी विशेष जाहेरी विभागको प्रमुख नियुक्त गरेका थिए ।२०३२ सालमा उनलाई संविधान सुधार आयोगको अध्यक्ष पदमा मनोनयन गरिएको थियो । २०३४ सालमा तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्तमा उनी नियुक्त भएका थिए ।

उनी अख्तियारमा २०३४ साल पुस १३ गतेदेखि २०४२ साल बैशाख ३० गतेसम्म कार्यरत थिए ।

Related Articles

Back to top button
Close