News

आज मात्रै ३१२ कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या २६५० पुग्यो

काठमाडौं– कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टा ३१२ जना मुक्त भएका छन् ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् । यो संगै कोरोनाबाट निको हुनेको कुल संख्या २ हजार ६ सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ सय ३४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन । प्रवक्ता डा. गौतमका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप ४ सय ३४ संक्रमण भएको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार १ सय ६२ जना संक्रमित भएका छन् ।

Related Articles

Back to top button
Close