News

भोलिदेखि चन्द्रागिरि केबलकार सञ्चालनमा आउने

 

काठमाडौं – असोज १ गतेदेखि चन्द्रागिरि केबलकार सञ्चालनमा आउने भएको छ । विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार बिहिबारदेखि सञ्चालनमा आउने भएको हो ।

बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको जनाइएको छ ।

चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार र रिसोर्ट सञ्चालनको तयारी गरेको जानकारी दिए ।

उनले यात्रुलाई सामाजिक दूरी कायम गराउन प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, मास्क, स्यानिटाइजर र पञ्जाको अनिवार्य व्यवस्था गरिने बताए

Related Articles

Back to top button
Close