News

खरिपाटी क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना संक्रमण पुष्टि

११ असार, काठमाडौं । खरिपाटीस्थित क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

दुबईबाट आई क्वारेन्टिनमा बसेका १० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर रिपोर्ट आउन ढिला भएको भन्दै उनीहरुलाई मंगलबार घर पठाइएको थियो ।

बिहीबार १० मध्ये एक महिला र तीन पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका स्वास्थ्य प्रमुख कृष्णबहादुर मिजार भन्छन्, ‘उहाँहरुको स्वाब संकलन गर्ने नगर्ने नै अन्यौल थियो । स्वाब लिएछि पनि रिपोर्ट आउन ढिला भएपछि तीन दिन अगाडि घर जानु भयो ।’

अब संक्रमण पुष्टि भएकाहरुलाई पाटन अस्पताल जान भनिएको उनले बताए ।

Related Articles

Back to top button
Close