News

कोरोना संक्रमणका कारण पाल्पामा ५२ वर्षीय पुरुषको मृत्यु

पाल्पा, १ असोज । पाल्पामा कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ । भुसालडाँडामा स्थापित आइसोलेशनमा रहेका तानसेन नगरपालिका–७ का ५२ वर्षीय पुरुषको बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

अत्यधिक मदिरा सेवनले कलेजोमा समस्या देखिएपछि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएका ती बिरामीलाई कोरोना देखिएको थियो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा गत भदौ २९ गते कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई आइसोलेशनमा राखेर उपचार गरिएको थियो ।

Related Articles

Back to top button
Close