काठमाडौँ । लकडाउन र निषेधाज्ञा हटाएर जनजिवन सामान्य हुँदै जाँदा पनि धार्मीक स्थल खुला नगरिएको भन्दै काठमाडौमा प्रदर्शन भएको छ । पशुपतिमा दर्शन गर्न पाउनुपर्ने मागसहित भक्तजनले विहिवार प्रर्दशन गरेका छन्।
बिहीबार बिहान पशुपति क्षेत्रमा पुगेर दर्शनार्थीले मन्दिर छिर्ने प्रयास गरेपछि प्रहरीले रोक्दा विरोधमा उत्रिएका हुन् । उनीहरुले मन्दिर प्रवेश गरेर पुजा गर्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका छन्। प्रर्दशनमा उत्रेका भक्तजनहरुलाई प्रहरीले तितरवितर गराएको छ।
योजनाबद्ध रुपमा पशुपतिनाथ लगायका आपसका मन्दिर खुला गर्नुपर्ने मागसहित भक्तजनहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका छन्। उनीहरुले आफ्नो धार्मिक आस्थामा सरकारले आ क्र म ण गरेको भन्दै आपत्ति जनाएका छन्।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गत चैत ७ गतेदेखि पशुपति क्षेत्रमा भक्तजनलाई पूर्ण रुपमा प्रवेशम रोक लगाइरहेको छ। विहान केही बेर पशुपति आसपासमा भक्तभन र प्रहरीबीच घम्साघम्सी भएको थियो । सरकारले लकडाउन र निषेधाज्ञा हटाएपनि भिडभाड हुने क्षेत्र भने खुला गरेको छैन । मन्दिर, फिल्म हल, विद्यालय क्याम्पस लगायतको क्षेत्र खुला गरिएको छैन भने सांस्कृतिक लगायतका भिडभाड हुने काममा पनि रोक लगाएको छ ।