News

पाल्पामा बढ्यो आयुर्वेदिक औषधिको प्रयोग

तानसेन (पाल्पा), १ असोज । कोरोना संक्रमण फैलिदै गएपछि जिल्लाका वनजंगलमा पाइने जडिबुटीको प्रयोग बढ्न थालेको छ । कोरोना संक्रमणसँगै उच्च रक्तचाप, मधुमेह तथा रोग प्रतिरोधात्मक शक्ति वढाउनका लागि जिल्लाका विभिन्न जंगलहरुमा जडिबुटी खोज्नेहरुको संख्या तीब्र रुपमा बृद्धि भएको छ ।

जंगलमा पाइने चिनी लहराको प्रयोग बढ्न थालेको छ । यसको नियमित प्रयोग गर्नेहरुको संख्या बढ्दै गएका छन् । नियमित प्रयोग गर्नकै लागि चिनी लहराको खोजी गरेको हरि रावल वताउछन् ।

पछिल्लो समय अधिकांश मानिसहरु अश्र्वगन्धा, अमला, गुर्जाे जस्ता जडिबुटी खोजीका लागि जंगल जाने गरेका छन् । पतञ्जली योग समिति जिल्लाका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठले जडिबुटीले रोग प्रतिरोधात्मक क्षमता बढाउने, रुघाखोकी लाग्न नदिने, ज्वरो रोक्ने भएकाले यसको प्रयोग बढ्दै गएको बताए ।

उनले भने, ‘कोरोना संक्रमण बढ्दै गएपछि जडिबुटीको प्रयोग र महत्व पनि बढ्दै गएको छ । जडिबुटी सेवन सँगसँगै योगाभ्यास पनि गर्नुपर्छ ।’

कोरोना संक्रमण फैलिएसँगै गुर्जाेलगायतका जडिबुटीको प्रयोग बढ्दै गएको उनको भनाइ छ । रुघाखोकी जस्ता भाइरल रोगहरुका लागि गुर्जाै अमृत समान औषधि भएकाले तानसेनबाट उक्त जुडिबुटी खोजीको लागि जंगलमा जाने गरेका छन् ।

तानसेनका कमल थापाले पनि विगत लामो समयदेखि गुर्जाे सेवन गर्दै आएको र गुर्जाेले रुघाखोकी, ज्वरो, बात, पित्त, घुडा दुख्नेलगायतका रोगहरु निको हुने भएकोले परिवारसहित सबैले नियमित रुपमा गुर्जोको प्रयोग गर्दै आएको बताउँछन् ।

उनका अनुसार मेडिकल कलेजका चिकिस्तकहरुदेखि सर्बसाधारणहरुले रोग प्रतिरोधात्मक शक्ति बढाउन भन्दै गुर्जाै सेवन गर्दै आएका छन् ।

Related Articles

Back to top button
Close