News

विराटनगरमा लामो दूरीका सवारीसाधन सञ्चालन

विराटनगर १ असोज । गत चैत्र ११ गतेदेखि बन्द भएका सवारीसाधन ६ महिनापछि असोज १ गते पहिलो दिन चारवटा माइक्रो वस र एउटा नाइट बस लामो दूरीका यातायात विराटनगरबाट काठमाडौंको लागि छुटेका छन् ।विश्वकर्मा पूजा भएकाले पहिलो दिन थोरै सवारी साधनहरु गएका र भोलिदेखि पूर्ण रुपाले सवारी साधन चल्लने पूर्व नेपाल यातायात व्यवसायी प्रालिका कोषध्यक्ष राजु धमलाले जानकारी दिनु भयो । उहाँले छोटो दूरीका पनि थोरै यातायात सञ्चालनमा आएको बताउनु भयो ।विराटनगर बसपार्कमा सवारी साधनलाई सेनिटाइज गरिन्छ र सुरक्षा विधि अपनाएर सार्वजनीक सवारी साधन संचालनमा गरिएको घमलाले बताउनु भयो । विराटनगर बाट छुटेका सवारी चालक , सहचालकलाई फेसमाक्स सेनिटाइजर लगायतका सुरक्षाका आधारभुत सामग्री उपलब्ध गराइएको थियो भने विहिबार काठमाण्डौ ४० जना मात्र यात्रु गएका थिए ।

१८ जना यात्रु आट्ने क्षमताको माइक्रो बसमा सामाजिक दूरी पालना गर्दै ५ देखि ८ जना मात्र यात्रु राखिएको थियो । यात्रुहरुले पनि मास्क र सेनिटाइजरको प्रयोग गरेका थिए ।

विराटनगर बाट काठमाण्डौ संचालन भएपछि अन्य लामो दूरीका सवारी साधनको धमाधम बुकिङ सुरु भएको कोषध्यक्ष धमलाले जानकारी दिनु भयो । विराटनगरबाट लामो र छोटो दूरी गरी तीन सय ५० वटा सवारी साधन सञ्चालन हुँदै आएका थिए ।

Related Articles

Back to top button
Close