News

किर्तिपुरमा घरबेटीले श्रीमान् मा रे पछि परिवारको यस्तो बिचल्ली , ३ छोरा र श्रीमती भोकै , अब के गर्ने भन्ने कुरा मैले सोच्नै सकेको छैन भन्दै श्रीमती यसरी रुदै )

काठमाडौ । घरभेटीले ज्यान लिएका शम्भुको परिवार काठमाडौमा अब जिवन यापन गर्न नसक्ने अवस्था भएपछि घर फर्किन लागेका छन् । केही दिन अघि घरभेटीले ज्यान लिएपछि शम्भुको परिवार अहिले विचल्लीमा परेको छ ।

शम्भु र उनको श्रीमतीले काठमाडौमा भाडामा बसेर आफ्ना ३ सन्तानको पालन पोषण गर्दै आएका थिए । सम्भुकै सहारामा यो परिवार चलेको थियो । तर घरभेटीको आक्रमणवाट उनको निधन भएपछि परिवार चलाउने अन्य उपाय नभएपछि यो परिवार गाउँ फर्कन लागेको हो ।

भारत बिहारका ४२ वर्षीय शम्भु महतोले नेपाललाई कर्मभूमि बनाएको दुई दशक भएको थियो । उनी छिमेकी र आसपासमा पनि निकै घुलमिल हुन्थे । शम्भुका माइला छोरा राजले लकडाउन र निषेधाज्ञाका कारण घर भाडा तिर्न नसकेको बताए। उनीहरू तरकारी र फलफूल बेचेर गुजारा चलाइरहेका थिए। उनले घरबेटी प्रेमकृष्ण महर्जनलाई केही समयपछि एकमुष्ठ भाडा दिने भनेका थिए। घरभेटीले भनेपछि उनीहरुले पैसा दिएर अन्तै कोठा सर्न लागेका थिए । सामान सारिरहेका थिए ।

शुक्रबार शम्भु पुरानो डेरामा जारमा पानी भर्दै थिए। ड्रममा राखेको पानी जारमा राखेर उनी नयाँ डेरामा लैजाँदै थिए। उनले पानी खन्याइरहेका बेला घरबेटी महर्जन त्यहाँ पुगे। उनले पानी नलैजान भने। तर, शम्भुले आफूले जम्मा गरेको पानी लैजाने जिद्दी गरे।

त्यही विवादमा घरबेटी महर्जनले ढोकाको ग ज बा र निकालेर शम्भुको को/खामा हि र्का ए। घाइेत अवस्थाको शम्भुको उपचारका क्रममा निधन भयो । शम्भुकै सहारामा काठमाडौमा लामो समय देखि पेट पाल्दै आएका उनको परिवार अहिले बिचल्लीमा परेको छ ।

Related Articles

Back to top button
Close