News

लामो दूरीको यात्रामा लगाइएका नयाँ नियम, सबैले जानिराखाैँ

अनुगमन गर्ने जिम्मा सबै सम्मिलित अनुगमन समितिले गर्ने, यातायात वा ट्राफिक व्यवस्थापनमा खटिएकाहरूले मास्कको अनिवार्य प्रयोग गर्ने। अति आवश्यक अवस्था बाहेक सवारी साधन भित्र प्रवेश नगर्ने, सवारी चालकलाई निर्देशन दिँदा सकभर ईशारा वा सङ्केतको प्रयोग गर्ने। गाडी वा चालकसँग सम्बन्धित कागजातको चेकजाँच गर्न आवश्यक भएमा नछोईकन निरीक्षण गर्ने, कोभिड-१९ को लक्षण देखिएका यातायात सेवामा कार्यरत सवारी चालक तथा सह-चालकहरूको पीसीआर परीक्षण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको सरकारी प्रयोगशालाबाट नि:शुल्क गरिने।

गाडीको सिट क्षमताको आधा मात्रै यात्रु राख्न र पहिलेको भाडादरमा ५० प्रतिशत बढाएर लिन पाउने गरी सहमती जुटेपछि लामो दूरीका गाडी चल्ने भएका हुन। त्यसका निम्ति बनाइएका नयाँ नियम र विधि सम्बन्धित सबैलाई बताइसकिएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए।

“यो नियम अरू कसैको निम्ति ल्याइएको होइन। आफ्नै सुरक्षाका लागि ल्याइएको हो। हामी सबै मिलेर लागु गर्ने भनेका छौँ,” कर्माचार्यले भने। यातायात सञ्चालन खुलेपनि भिडभाड नगर्न तथा सावधानी अपनाउन भनिएको छ ।

यात्रुलाई घरमै क्वारन्टीन?
सबैतिर लामो दूरीका गाडी चलेपनि यात्रा गरेर अर्को जिल्ला पुगेका यात्रुहरू क्वारन्टीनमा बस्नु पर्ने वा नपर्ने भन्ने बारे कुनै निर्णय नभएको बताइएको छ। विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले हालसम्म बाहिर जिल्लाबाट आउनेलाई क्वारन्टीनमा बस्ने प्रबन्ध गरिएको भए पनि लामो दूरीका सावरी साधन सञ्चालन भएपछि त्यो प्रबन्ध गर्न कठिन हुने बताएका छन्। केन्द्रको कुनै निर्णय नआएसम्म घरमै गएर क्वारन्टीनमा बस्न अनुरोध गर्नुको विकल्प नभएको उनीहरूको भनाइ छ। बिबिसी नेपालीबाट

Related Articles

Back to top button
Close