News

काठमाडौंमा स्वयम्भू क्षेत्रमा धेरै कोरोना संक्रमित

काठमाडौंमा सबैभन्दा धेरै स्वयम्भू क्षेत्रमा कोरोना भाइरसको संक्रमणका घटना देखिएका छन्।

काठमाडौं महानगरपालिकाको पछिल्लो तथ्यांक अनुसार वडानम्बर १५ मा पर्ने स्वयम्भूमा मंगलबारसम्म ५ सय ६४ संक्रमित भेटिइसकेका छन।

उक्त क्षेत्र महानगर भरिका ३२ वडाहरुमध्ये ५ सय संक्रमित संख्या कटेको यो एकमात्रै क्षेत्र हो।

स्वयम्भुपछि बालाजु क्षेत्र दोस्रो नम्बरमा छ । वडानम्बर १६ मा ४ सय १५ र त्यस्तै कोटेश्वर क्षेत्र रहेको वडानम्बर ३२ मा ३ सय २५ जनामा संक्रमण भेटिएको छ।

यस्तै महाराजगञ्ज, त्रिपुरेश्वर, कालिमाटी, बागबजारमा पनि संक्रमितको संख्या बढ्दो छ।

अन्य कुन वडामा कति छन् संक्रमित तलको तथ्यांक हेर्नुहोस्

Related Articles

Back to top button
Close