News

कुलमान घिसिङकाे एक कार्यकाल आवश्यक छ : ऊर्जामन्त्री पुन

काठमाडाैं, २ असाेज । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङकाे एक कार्यकाल आवश्यक भएकाे बताउनुभएकाे छ ।

उहाँले कुलमानकाे पुनर्नियुक्तिका लागि आफूले मन्त्रिपरिषदमा प्रस्ताव लगिसकेकाे पनि स्पष्ट पार्नुभयाे । न्युज २४ नेपालसँगकाे कुराकानीमा उहाँले भन्नुभयाे- ‘मन्त्रालयलाई कुलमानजीको एक कार्यकाल आवश्यक छ भनेर मैले प्रधानमन्त्री र पार्टीका नेताहरुसँग सल्लाह गरेर प्रस्ताव लगेको हुँ ।’

फाइल फाेटाे
मन्त्री पुनले कुलमानलाई पुनर्नियुक्ति गर्नुपर्छ भन्ने भावना सबैमा देखेकाे र यसलाई सकारात्मक रुपमा लिएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे- ‘कुलमानलाई पुनर्नियुक्ति गर्नुपर्छ भन्ने भावना मिडिया र जनतामा देखेका छौँ, यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ ।’

कुलमानलाई एकपटक मौका दिऊँ भन्ने उर्जा मन्त्रालय र प्रधानमन्त्रीबीच एक प्रकारकाे समाजदारीजस्तै भए पनि कानूनी रूपमा पुनर्नियुक्तिकाे व्यवस्था नभएकाे उहाँले बताउनुभयाे । ‘कुलमानजीले राम्रो काम गर्नुभयो, त्यसैले उहाँलाई एकपटक मौका दिऊँ भनेर मन्त्रालय र प्रधानमन्त्रीबीच एकप्रकारको समाजदारीजस्तै भएकाे छ तर कानूनमा पुनर्नियुक्तिको व्यवस्था रहेछनछ,’ मन्त्री पुनले भन्नुभयाे ।

कानूनमा पुनर्नियुक्तिकाे व्यवस्था अहिलेसम्म नभए पनि सरकारले चाहेमा पुनर्नियुक्ति गर्न सक्ने व्यवस्थाचाहिँ भएकाे पनि उहाँले स्पष्ट पार्नुभयाे । ‘कानूनमा पुनर्नियुक्तिकाे व्यवस्था अहिलेसम्म नभए पनि नेपाल सरकारले चाहेकाे खण्डमा पुनर्नियुक्ति गर्न सक्ने व्यवस्थाचाहिँ छ,’ उहाँले भन्नुभयाे ।

कुलमानकाे पुनर्नियुक्तिका लागि अब सरकारसँग दुईवटा विकल्प भएकाे बताउँदै उहाँले भन्नुभयाे, ‘अब सरकारसँग दुईवटा विकल्प छन्, एउटा प्रस्पिर्धाबाट जाने, अर्को प्रस्पिर्धाबाटै आएको व्यक्ति भएकाले र काम पनि देखाइसकेकाले सोझै मन्त्रिपरिषद बैठकले अर्को कार्यकालको लागि नियुक्त गर्ने ।’

उहाँले गत आइतबार नै नियमित प्रक्रियाबाटै कुलमानकाे पुनर्नियुक्तिकाे लागि मन्त्रिपरिषद कार्यलयामा र साेमबार मन्त्रिपरिषद्को बैठकमा आफैले प्रत्यक्ष प्रस्ताव लिएर गएपनि नियमित एजेण्डामा नपरेकाे सुनाउनुभयाे । अहिले उक्ता प्रस्ताव प्रधानमन्त्रि कार्यलय र मन्त्रिपरिषद्मा रहेको पनि उहाँले बताउनुभयाे ।

‘गत आइतबार मैले नियमित प्रक्रियाबाटै मन्त्रिपरिषद कार्यलयामा पठाएँ, र सोमबार मन्त्रिपरिषद्को बैठकमा म आफैले पनि फेरि प्रत्यक्ष प्रस्ताव लिएर गएँ, तर नियमित एजेण्डामा सोमबार आएन,’ उहाँले भन्नुभयाे, ‘नआएपछि मैले मेरो एजेण्डाबारेमा चर्चा गरे, प्रधानमन्त्रीले जीले कानूनी रुपले हेरौं भनेर भन्नुभएकाे छ र त्यसलाई सकारात्मक रुपले लिनुभएकाे छ ।’

मन्त्री पुनले प्रधानमन्त्री र पार्टीका नेताहरूसँग छलफल गरेरै कुलमानकाे पुनर्नियुक्तिका लागि आफूले मन्त्री परिषदमा प्रस्ताव लगेकाे बताउनुभयाे । उहाँले प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पनि कुलमानकाे पुनर्नियुक्तिकाे लागि विभिन्न चरणमा छलफल भएकाे समेत बताउनुभयाे ।

कुलमानकाे पुनर्नियुक्तिबारे प्रधानमन्त्री ओली पहिलेदेखि नै सकारात्मक हुनुभएकाे पनि मन्त्री पुनकाे भनाइ छ । उहाँले भन्नुभयाे, ‘एक महिनापहिले नै मैले प्रधानमन्त्री ओलीसँग छलफल गरेकाे थिएँ । अहिले हामीले कुलमानलाई निरन्तरता दिँदा ठिकै हुन्छ, उहाँको कार्यकाल सकिँदै छ, म प्रस्ताव लिएर आउछु भनेको थिएँ । त्योबेला पनि उहाँ सकारात्मक हुनुभएको थियो ।’

कुलमानकाे पुनर्नियुक्तिलाई लिएर कोही पक्षमा र काेही विपक्षमा उठ्नुपर्ने जरूरी नरहेकाे मन्त्री पुनले बताउनुभयाे । ‘कसैले रोक्न खोजेको र कसैले लान खोजेको जुन रुपमा प्रचार भइरहेकाे छ, त्यसरुपमा लिन आवश्यक छैन,’ उहाँले भन्नुभयाे, ‘कुलमानकाे पुनर्नियुक्ति प्रधानमन्त्रीले नचाहेको भनेर प्रचार गर्न जरुरी छैन, यो छलफलमा नै रहेकाले यसलाई ठूलो विषय बनाइनु हुन्न भन्ने अनुरोध गर्न चाहन्छु ।’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङकाे चार वर्षे कार्यकाल गत भदाै २९ गते सकिएकाे थियाे । अहिले उहाँकाे पुनर्नियुक्तिका लागि चौतर्फी दबाब बढिरहेकाे छ । कुलमानलाई पुनर्नियुक्ति गर्नुपर्छ भन्दै जनता सडकमा आइरहेका छन् भने नेता र मन्त्रीहरूले पनि कुलमानलाई पुनर्नियुक्ति गर्नुपर्छ भनेर आवज उठाइरहेका छन् । विशेषगरी सामाजिक सन्जालमा पनि कुलमानकाे पक्षमा निकै बलियाे समर्थन देखिन्छ । कतिले त व्यंग्यमार्फत सरकालाइ गिज्याइरहेका पनि छन्

Related Articles

Back to top button
Close