नेपालले कालापानी-लिपुलेकसम्बन्धी पाठ्यक्रम बनाएपछि भारतमा फेरी हंगामा
काठमाडौ । नेपालले भारतद्धारा अतिक्रमिण गरिएको नेपाली भूमी पनि समेटेर नयाँ नक्सा जारी गर्दै संसदवाट पनि पास गरेपछि भारतमा तरंग उत्पन्न भएको छ । भारतले नेपाली भूमीवाट मानसरोवर जाने वाटो बनाएर उद्घाटन समेत गरेपछि नेपालले विरोध गरेको थियो । नेपालले बारम्बार वार्ताका लागि गरेको आग्रह तिरस्कार गर्दै नेपाली भूमीमाथि अतिक्रमण गर्ने क्रम रोकेको छैन ।
नेपालले पनि आफ्नो अतिक्रमित भूमी समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडिया नेपाल विरुद्ध तल्लो स्तरमा ओर्लिएर टिप्पणी गरेका थिए । फेरी एक पटक नेपालका कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको देशको भूभाग र सीमासम्बन्धी विषय नेपाल सरकारले विद्यालय तहको पाठ्यक्रममा समेटेपछि भारतमा हल्लीखल्ली मच्चिएको छ।
त्यहाँका अखबारले यस विषयलाई पहिलो पृष्ठमा प्रमुख खबर बनाएर प्रकाशन गरेका हुन्। नेपालमा भएका हरेक गतिविधिलाई चिनको उक्साहट भन्ने गरेका भारतीय मिडिया फेरी एक पटक उचालिएका छन् ।
नयाँ राजनीतिक नक्सा जारी गरेको ३ महिनापछि नेपालको किताबमा ‘अब उत्तराखण्डको पिथौरागढलाई नेपालले आफ्नो भूभाग भनेको’ छ भनेर टाइम्स अफ इन्डियाले प्रमुख खबर छापेको छ। खबरमा ‘नेपाली शिक्षामन्त्री गिरिराजमणि पोखरेलको कार्यालयले यो कुराको पुष्टि गरेको’ उल्लेख छ। साथै यो किताबको प्रस्तावना शिक्षामन्त्री पोखरेल आफैंले लेखेको पनि भनिएको छ।
युवा पुस्तालाई राष्ट्रको सीमा तथा भूमिबारे सही जानकारी दिन भनेर पाठ्यक्रम विकास केन्द्रले ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामाग्री’ तयार पारेको जनाएको छ । कक्षा ९ देखि १२ सम्म अध्ययन गराइने यो किताबमा भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे तथ्य प्रमाणसहित पाठ्यवस्तु समावेश गरिएको छ। मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले अनलाइन पत्रकार सम्मेलन गरी पुस्तक सार्वजनिक गरेका हुन्