News

चर्चित फेसन डिजाइनर सरबरी मृत अवस्थामा फेला

काठमाडौ । भारतिय चर्चित फेसन डिजाइनर सरबरी दत्त मृत अवस्थामा फेला परेकी छिन् । उनि बाथरुममा लडिरहेको अवस्थामा मृत अवस्थामा फेला परेको भारतिय मिडयाले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार उनको शव अहिले पोष्टमार्टमको लागि लगिएको बताइएको छ । सरबरी कस्टुम उनको परिचित नाम रहेको छ ।

तर उनको के कारणले निधन भयो भन्ने बारे अझै खुल्न आएको छैन् । तर भारतिय प्रहरीले भने हृदयघातका कारण उनको निधन भएको हुन सक्ने दाबि गरेको छ । उनले डिजाइन गरेका कपडा भारतमा मात्र होइन सन्सारका अन्य स्थानमा पनि चर्चित छन् ।

Related Articles

Back to top button
Close