News
नेपालमा आज अहिलेसम्मकै धेरै २ हजार २० जनालाई कोरोना संक्रमणको पुष्टि
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११४५८ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्ये २ हजार २० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा आज सक्रिय संक्रमितको संख्या १७३८३ रहेको छ । मन्त्रालयका अनुसार आजसम्म संस्थागत आइसोलेसनमा रहनेको संख्या ९२९५ रहेका छन् । होम आइसोलेसनमा ८०८८ जना रहेका छन् ।