News

भारतिय अभिनेता सबरी नाथको ४३ वर्षको उमेरमा निधन

काठमाडौ । भारतिय चर्चित टिभि सिरियल ‘अमला पढता’ पेनकिली’ मा अभिनय गरेका अभिनेता सबरी नाथको निधन भएको छ । उनको ४३ वर्षको उमेरमा हृदयघातका कारण बिहिबार निधन भएको हो ।

उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ । ब्याडमिन्टन खेल्दा खेल्दै बेहोस भएका सबरी नाथलाई अस्पताल पुर्याउँदा मृत घोषणा गरेको भारतिय मिडियाले जनाएको छ । श्रीमती र दुई छोरीसँगै भारतमा बस्दै आएका उनले चलचित्रमा पनि अभिनय गरेका छन् ।

Related Articles

Back to top button
Close