News

कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने क्रममा एक घाइते

काठमाडौं, २ असोज । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने क्रममा अनामनगरका मनिष श्रेष्ठ घाइते भएका छन् ।

शुक्रबार माइतीघर मण्डलामा कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने क्रममा प्रहरीको कुटपिटबाट श्रेष्ठ घाइते भएका हुन् ।

तस्वीर : सोसल मिडिया (फेसबुक)
हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको बताइएको छ । प्रहरीको कुटाईबाट घाइते भएका श्रेष्ठको टाउकोमा चोट लागेको छ । त्यस्तै, घाइते श्रेष्ठको रगतले लटपटिएको तस्वीर पनि सोसल मिडियामा भाइरल बनिरहेको छ ।

तर, महानगरीय प्रहरी परिसर काठमाडौंले भने प्रदर्शनका क्रममा लडेर श्रेष्ठ घाइते भएका दाबी गरेको छ । कुलमान घिसिङले आफ्नो चार वर्षे कार्यकाल सकाएर विदा भइसकेका छन् । तर, पनि प्राधिकरणमा घिसिङको पुनर्नियुक्तिको माग गर्दै युवाहरुले प्रदर्शन गर्दै आएका छन् ।

Related Articles

Back to top button
Close