News

आन्तरिक उडानमा नयाँ निर्णय, पुरानै भाडादरमा दुई तिहाई यात्रु राखेर उडान भर्न पाउने

काठमाडौं, २ असोज । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आन्तरिक हवाई भाडादर पुरानै दरमा कायम रहने गरी सिट क्षमताको दुई तिहाई यात्रु राख्न सक्ने गरी उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

शुक्रवार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले चैत ११ गते अघिकै पुरानै भाडादर कायम गदै सुरक्षा प्रोटोकल पालन गरेर दुई तिहाईसम्म यात्रु राख्न सक्ने निर्णय गरेको हो ।

बायु सेवा सञ्चालक संघले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाउने र ५० प्रतिशत भाडा बृद्धि गर्ने सरकारको निणर्य ब्यवहारिक नभएको भन्दै आन्तरिक उडान सञ्चालन गर्न असहमति जनाएपछि मन्त्रालयले नयाँ निर्णय गरेको हो ।

मन्त्रालयले नागरिक उड्यन प्राधिकरणलाई दुई तिहाई सम्म यात्रु राख्न सक्ने गरी पुरानै भाडादर कायम गरी आन्तरिक उडान सेवा सञ्चालनमा ल्याउन पत्र पठाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रबक्ता सुरेश आचार्यले ५ गते देखि नै आन्तरिक उडान सेवा सञ्चालन हुने गरी निर्णय भएको जानकारी दिनुभयो ।

नेपालमा सामान्य अवस्थामा बिभिन्न एयरलाइन्स कम्पनीहरुको दैनिक करिव ३ सय उडान सेवा सञ्चालन हुने गरेको छ । कोरोना र लकडाउनको कारण आन्तरिक उडान सेवा चैत पहिलो सातादेखि बन्द रहेको छ ।

सरकारले ६ महिनादेखि बन्द रहेको आन्तरिक हवाई उडान असोज ५ गतेदेखि सञ्चालनमा ल्याउने भनेपनि बावु सेवा सञ्चालक संघले सरकारको निर्णय अनुसारको सिट क्षमताको आधा संख्यामा यात्रु लिएर उड्न सहमत एयरलाइन्स कम्पनीहरु त्यार नभएपछि आन्तरिक उडान सेवा अन्र्यौलमा परेको थियो ।

मन्त्रालयले असोज ५ गते देखि नै आन्तरिक उडान सञ्चालन गर्नको लागि बिमानका चालक,सहचालक तथा एयरलाइन्स कर्मचारी र यात्रुले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिबार्य रुपमा लागू गर्न भनिएको छ ।

Related Articles

Back to top button
Close