News

कुलमानको पुनर्नियुक्ति माग राख्दै प्रदर्शनमा उत्रिएका एक घाइते

नेपाल विद्युत प्रधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग राख्दै प्रदर्शनमा उत्रिएका एक जना घाइते भएका छन्।

शुक्रबार बुद्धनगरमा प्रदर्शन गर्न निस्किएपछि प्रहरीले लखेट्ने क्रममा आफै लडेर उनी घाइते भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। घाइते हुनेमा मनिस श्रेष्ठ छन्। प्रदर्शनकारीले भने प्रहरीको कुटाईबाट घाइते भएको बताएका छन्।

एसपी राठौरका अनुसार उनलाई उद्धार गरी ट्रमा सेन्टरमा लगिएको छ। ‘पुलिसले लखेट्ने क्रममा आफै लडेर एक घाइते भएका छन्। उनलाई उद्दार गरी अस्पतालमा लगिएको छ’ उनले भने।

श्रेष्ठको टाउकोमा चोट लागेको छ।

बिहीबार पनि हन्ड्रेड ग्रुपका युवाहरूले प्राधिकरणमा घिसिङको नियुक्तिको माग राख्दै प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शन गर्नेक्रममा प्रहरीले अध्यक्ष बब्लु गुप्तामाथि लाठी, मुक्का तथा बुटले प्रहार गरेको थियो।

Related Articles

Back to top button
Close