News

गैरदलित युवकसँग प्रेममा थिइन पत्रकार निर्मला

कैलाली । कैलालीको सुख्खडमा एक जना रेडियो पत्रकार महिलाको रहस्यमय मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका ४ घर भएकी २३ बर्षीय रेडियो पत्रकार निर्मला पहराईको जंगलमा झु ण्डि’एको अवस्थामा शव भेटिएको हो । पहराई क्रियाशील दलित पत्रकार संघ, नेपाल आड्जोन कैलालीकी सहसचिव समेत हुन् ।

कैलाली एफ.एम.मा कार्यरत उनको शव झु ण्डि’एको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । रुखमा झु ण्डि;एको अवस्थामा शव फेला परेपनि ‘ह ‘त्या ग’रेर रुखमा झु ण्ड्या’इए’को आफन्तको आरोप छ । दुई दिनअघि घरबाट सम्पर्कविहिन भएकी उनको खोजी गर्दा जंगलमा शव भेटिएको हो । उनको शव पोष्र्टमार्टमका लागि जिल्ला अस्पताल कैलाली लगिएको छ ।

गैरदलित युवकसँग प्रेममा थिइन !

पछिल्लो केही बर्षयता पत्रकारितामा सक्रिय उनी रेडियोकै एक पत्रकारसँग प्रेम सम्बन्धमा रहेको पाइएको छ । पहराईका केही साथीहरुका अनुसार उनी रेडियोमै काम गर्ने युवकसँग प्रेम सम्बन्धमा रहेको पाइएको हो ।

गैरदलित समुदायका युवकसँग प्रेम सम्बन्धमा रहेको भएपनि ‘जात नमिल्ने’भन्दै उनले पटक पटक दु र्व्य’वहा’र भोग्दै आएकी थिइन् । पछिल्लो केही समय त’ना’वमा देखिएकी उनको शुक्रबार भने जंगलमा झु ण्डि’ए’को अवस्थामा शव भेटिएको हो ।

शव भेटिएको स्थल समेत शंकास्पद रहेकाले निष्पक्ष छानबिनको माग गर्दै आफन्तले ‘ह ‘त्या गरेर घटनालाई ‘आ ‘त्म’ह’त्या’जस्तो देखाउन खोजिएको आरोप लगाएका छन् । प्रहरीले भने थप अनुसन्धान शुरु गरेपनि अहिलेसम्म किटानी जाहेरी नपरेको जनाएको छ । नेपाल समाचार पत्रमा यो खबर छ ।

Related Articles

Back to top button
Close