News

आन्दोलनमा सर्वसाधारण घाइते भएको देखेपछि कुलमानले विज्ञप्ती मार्फत गरे यस्तो आग्रह

काठमाण्डौ । काठमाडौका सडकमा केही दिन यता नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङका पक्षमा आन्दोलन भइरहेका छन् । उनलाई विद्युतमा पुन नियुक्ति गर्न माग राख्दै दवाव स्वरुप आन्दोलन भएका छन् । कुलमानका पक्षमा भएका आन्दोलनमा प्रहरीले दमन गर्न थालेको छ । आफ्ना पक्षमा यसरी दिनहुँ सर्वसाधा।ण माथि प्रहरी दमन हुन थालेपछि कुलमानले आफ्नो पक्षमा सडक आन्दोलन नगरि दिन आग्रह गरेका छन् ।

आफ्नो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि सङ्घीय राजधानी काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती जारी गर्दै कुलमानले आन्दोलन नगर्न आग्रह गरेका हुन् ।


नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको भन्दै घिसिङले प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई सबैले आत्मसाथ गर्नैपर्ने बताएका छन् । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने उनको विश्वास छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण नेपाल पनि आक्रान्त भएको बेला आफूलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखेर महामारीको संवेदनशील अवस्थामा सडकमा भीडभाड गरी प्रदर्शन नगरि दिन सबैलाई घिसिङले अनुरोध गरेका छन् ।

Related Articles

Back to top button
Close