News
बिहारमा चट्याङले लियो ८३ जनाको ज्यान
काठमाडौं- भारतको बिहार राज्यमा चट्याङ लागेर ८३ जनाको मृत्यु भएको छ।
बिबिसी हिन्दीका अनुसार बिहिबार साँझ छ बजे प्राप्त जानकारी अनुसार८३ जनाको मृत्यु भएको हो।
बिहारका करिब २३ जिल्लामा चट्याङका कारण जनधनको क्षति भएको बताइएको छ।
बिहार सरकारले सबै मृतकका परिवारलाई चार/चार लाख भारु राहत स्वरुप दिने घोषणा गरेको छ।